
चर्चित भारतीय चलचित्र बाहुबलीका निर्देशक
एस. एस. राजामौलीका छोराको बिहेमा बलिउड तथा दक्षिण भारतीय दिग्गज
कलाकारहरु जयपुर पुगेका छन् ।
राजामौलीका छोरा कार्तिकेयको विवाह पूजा
नामकी युवतीसँग भोलि अर्थात डिसेम्बर ३० का दिन कूकस भन्ने ठाउँमा रहेको
सेभेन स्टार होटेलमा हुने कार्र्यक्रम छ । उनीहरुको इन्गेजमेन्ट यसै
वर्षको सेप्टेम्बरमा भएको थियो ।
यो विवाहलाई अझै भव्य बनाउनका लागि
राजामौलीले विशेष तयारी गरेका छन् । यो भव्य विवाहका लागि कलाकारहरु
शुक्रबारबाटै जयपुर पुग्न थालिसकेका छन् । स्टार कलाकारहरुको एअरपोर्टदेखि
विवाह अघिका कार्यक्रमका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन
थालिसकेका छन् ।
राजामालीका छोरा कार्तिकेयको विवाहमा
स्वदेशी रीतिरिवाज अनुसार संगीत, मेहन्दीजस्ता कार्यक्रमहरु पूरै
नियमअनुसार आयोजना गर्ने प्रबन्ध मिलाइएको छ । विवाहका लागि राजामौलीका
परिवार परिवार जयपुरमा पहिले नै पुगिसकेका थिए भने सामाजिक सञ्जालमा अहिले
दुलाहा कार्तिकेय र दुलही पूजाका तस्बिरहरु निकै भाइरल भइरहेका छन् ।
एअरपोर्टमा पूजाले हल्का गुलाबी र सेतो
रंगको साधारण सुटमा तथा कार्तिकेयले पहेंलो रंगको कुताए लगाएको तस्बिरहरु
सार्वजनिक भएका थिए । यसबाहेक बाहुबलीको सम्पूर्ण टिम नै जयपुर पुगिसकेको छ
।
बाहुबलीका कलाकारलगायत दक्षिण भारतीयका
साथै बलिउड कलाकारहरु प्रभास, राण दग्गुबाती, अनुष्का शेट्टी, जुनियर
एनटिआर, नागार्जुन, राम चरण, जगपति बाबूलगायत सुस्मिता सेन पनि विवाह
समारोहका लागि जयपुर पुगिसकेका छन् । सामाजिक सञ्जालमा बाहुबली टिमसँग
राजामौलीले गरेको डान्स अहिले भाइरल भइरहेको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.