आमिरसँगको सम्बन्धबारे पहिलो पटक बोलिन् फातिमा

unn.prixa.net
बलिउडकी दंगल गर्ल अभिनेत्री फातिमा सना सेख अभिनेता आमिर खानका कारण चर्चामा आउने गरेकी छिन् । बेला बेलामा अभिनेता आमिर खानका साथ फातिमा सना सेखको प्रेम सम्बन्ध रहेको भन्ने खबरका कारण उनको चर्चा हुने गर्छ । फातिमाले आमिरसँगको सम्बन्धका बारेमा पहिलो पटक सार्वजनिक रुपमा बयान दिएकी छिन् ।
फातिमाले आफूलाई यस किसिमका अफबाहले कुनै असर नपर्ने बताएकी छिन् । उनले भनेकी छिन् ‘यस्ता खबरहरु मलाई  एकदमै अनौठो लाग्छन् । एक पटक मेरी आमा टीभी हेरिरहेकी थिइन् । उनले त्यहाँ मेरो फोटो आएपछि मलाई देखाइन् । टीभिमा त्यसबेला देखाइएको खबरले मलाई एकदमै धेरै तनाव दियो । तर मैले आफूले आफैँलाई सम्झाएँ ।’
उनले अगाडि भनेकी छिन् ‘पहिले लाग्थ्यो, कसैले आफ्ना बारेमा भ्रमपूर्ण र अनावश्यक कुरा गरिरहेको छ भने उसलाई सम्झउनु पर्छ । तर अहिले मलाई अरुलाई सम्झउन आवश्यक छ जस्तो लाग्दैन । तपाईँले जस्तो काम गरेपनि मानिसहरु तपाईँका बारेमा केही न केही कुरा अवश्य गर्नेछन् । मलाई अब यस्ता कुराले कुनै फरक पार्दैन ।’
फातिमाको नाम अभिनेता अपार शक्ति खुरानाकासाथ पनि जोडेर खबरहरु सार्वजनिक हुने गरेका छन् । यसमा पनि उनी भन्छिन् ‘मेरा लागि यि दुवै व्यक्ति विशेष छन् । मेरो उहाँहरुसँग अफेयर रहेको छ भन्दै म आफूलाई प्रभावित पार्न चाहान्नँ ।’
Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.