निर्वाचनबारे राजपा अनिर्णीत

काठमाडौं, साउन २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेन

पार्टीको चारदिनसम्म चलेको बैठकमा त्यस उपर निर्णय नभएपछि आइतबार हुने केन्द्रीय समितिको बैठकबाट टुंगोे लगाइने भएको हो ।

केहीबेरअघि सम्पन्न बैठकबारे जानकारी दिँदै सो पार्टीका नेता केशव झाले बैठकमा निर्वाचन, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा ६ जना अध्यक्ष मण्डलका सदस्यसहित ९७ नेताले धारणा व्यक्त गर्नुभएको थियो । रासस

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.