
काठमाडौं, साउन २७ गते ।
संसदीय समितिले प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन हुने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।
लामो विवाद र छलफल पछि संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको शुक्रबार दिउँसो बसेको बैठकले संसोधन सहित विधेयक पारित गरेको हो।
संसोधित विधेयकमा पहिले ‘ऐन प्रारम्भ हुनु अघि भन्ने वाक्यलाई हटाएर ‘यो ऐन अनुसार भन्ने वाक्य राख्दै मनशाय पत्र प्राप्त गरी भौतिक पूर्वाधार पुरा गरिसकेका मेडिकल कलेजलाई सम्बन्धन दिन कुनै बाधा नपर्ने भनिएको छ।
स्रोतका अनुसार विधेयकमा रहेको यो विवाद टुंगिएसँगै डा. केसीले अनशन तोड्ने बताइएको छ । तर केसीको धारणा भने अझै बाहिर आइसकेको छैन ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.