
बलिउड अभिनेत्री कट्रिना केफलाई बलिउड फिल्म उद्योगमा सलमान खानले स्थापित गराएका हुन् ।
एक समयमा सलमान र कट्रिना पे्रम सम्बन्धमा
समेत थिए । तर बीचमा अभिनेता सलमान खानलाई छोडेर रणबिर कपूरको प्रेमिका
बनेकी कट्रिना रणबिरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किएकी छिन् ।
हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् ।

अहिले सार्बजनिक खबरहरुका अनुसार
अभिनेत्री कट्रिना केफले सलमान खानका लागि यसअघि साइन गरिसकेको फिल्म
‘एबिसीडी ३’ बाट हात झिेकेकी छिन् ।
चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो
डिसुजाको डान्समा आधारित फिल्म ‘एबिसीडी’को तेस्रो संस्करणमा अभिनेता बरुण
धवन मुख्य भूमिकामा हुनेछन् ।
यस फिल्ममा बरुणका साथमा कट्रिनाको समेत प्रमुख भूमिका रहने बताइए पनि यस फिल्मबाट कट्रिना केफ अचानक बाहिरिएपछि यो चर्चाको विषय बनेको छ ।
यस फिल्ममा बरुणका साथमा कट्रिनाको समेत प्रमुख भूमिका रहने बताइए पनि यस फिल्मबाट कट्रिना केफ अचानक बाहिरिएपछि यो चर्चाको विषय बनेको छ ।

कट्रिना केफले रेमो डिसुजाको फिल्म ‘एबिसीडी ३’ सलमान खानको ‘भारत’ का लागि छोडेकी हुन् । फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त भएका कारण कट्रिनाले यो निर्णय लिएको बताइएको छ ।
कट्रिनाले आफू यस फिल्मलाई समय दिन नसक्ने भन्दै फिल्मबाट बाहिरिने निर्णय लिँदै ‘एबीसीडी ३’ को सफलताको शुभकामना दिएकी छिन् ।
धरुण धवनको मुख्य भूमिका रहने फिल्म
‘एबीसीडी ३’ मा भारतका चर्चित कोरियोग्राफर प्रभु देवा, डान्सर धर्मेश,
राघव जुयाल र पुनीत पाठक पनि मुख्य भूमिकामा देखिनेछन ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.