साउन २४ – विश्वको प्रमुख फुटबल लिग मध्ये शीर्ष स्थानमा आउने इंग्लिस प्रिमियर लिग २५ वर्षको भएको छ । सन् १९९२ मा सुरु भएको इंग्लिस प्रिमियर लिगमा पछिल्लो सिजन सन् २०१६–१७ सम्ममा तीन हजार ८ सय ३५ खेलाडीले खेलेका छन् । यसमा सिसिएल्स, पाकिस्तान, गिनी–बिसाउसहित विभिन्न एक सय १३ देशका खेलाडी सामेल छन् । सन् १९९२ को सिजनमा सुरुका ११ खेलमा मैदानमा रहेका दुई सय ४२ खेलाडी मध्ये १३ जना मात्रै बेलायत वा आइरल्याण्ड भन्दा बाहिरका थिए । तर गएको सिजन २०१६–१७ को अन्तिम १० खेलमा सहभागी भएको २२० खेलाडी मध्ये ११२ जना बेलायत वा आयरल्याण्ड भन्दा बाहिरका थिए ।
प्रिमियर लिग क्लबमा विदेशी खेलाडीको संलग्नता बढ्दै गएको छ । चेल्सीले सन् १९९९ को डिसेम्बर २६ मा साउथह्याप्टनसँगको खेलमा सबै खेलाडी बेलायत बाहिरका खेलाएर कीर्तिमान बनाएको थियो ।
प्रिमियर लिगको २५ वर्षको अवधिमा अहिलेसम्म ९ हजार ७ सय ४६ खेल भएका छन् । यसमा २५ हजार ७ सय ६९ गोल भएको छ भने एक हजार ४ सय ७७ रेड कार्ड प्रयोग भएको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.