काठमाडौं, मंसिर १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रदेश कमिटीमा रहनेहरुको नाम सार्वजनिक गरेको छ ।
गत मंसिर १२ गतेको सचिवालय बैठकले टुंगो लगाएका नामहरु सोमबार सार्वजनिक गरिएको हो ।
सातओटै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव भने असोज ५ गते नै टुंगो लगाइएको थियो ।
प्रदेश कमिटीमा रहने सदस्यहरु ‘साविक नेकपा एमाले’ र ‘साविक माओवादी केन्द्र’ भनेर किटानीसाथ भागबन्डा मिलाइएको छ ।
जसअनुसार १ नम्बर प्रदेशमा साविक एमालेबाट १२२ र साविक माओवादी केन्द्रबाट ८५ रहेका छन् भने २ नम्बर प्रदेशमा साविक एमालेबाट १०६ र साविक माओवादी केन्द्रबाट १०६ जना रहेका छन् । २ नम्बरमा तीनजना नवप्रवेशी पनि छन् ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.