काठमाडौं, मंसिर १७ । ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार २७औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदैछ ।
तर, नेपालमा पछिल्लो समय नारा दिने र दिवस मनाउनेबाहेक अरु कुनै ठोस काम हुन सकेको छैन । न त सरकारी नाराले शारीरिकरुपले अशक्त भएकाहरुलाई नै छुन सकेको छ ।
सरकारले अपांगता भएका व्यक्तिहरुको समस्या सामधान गर्न विभिन्न योजना अगाडि सारेको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन सकेको छैन ।
सरकारले अपांगतामैत्री संरचना निर्माण गर्ने र उनीहरुको स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका समस्यालाई सामाधान गर्ने भने पनि त्यसले खासै छुन सकेको छैन ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.