सीके राउतको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज

काठमाडौं, मंसिर १७ । सर्वोच्च अदालतले ‘स्वतन्त्र मधेस’को नाममा राष्ट्र विखन्डनको अभियोगमा पक्राउ परेका सीके राउतलाई रिहा गर्न माग गर्दै परेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले सोमबार रिट खारेज गर्ने निर्णय गरेको हो ।

सीके राउतको रिहाइ माग गर्दै गत कात्तिक १२ गते जयकान्त राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दिएका थिए ।

गत असोज २१ गते पक्राउ परेका राउतको बन्दीप्रत्यक्षीकरणको रिट जिल्ला अदालत रौतहटले पनि खारेज गरेको थियो ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.