भदौ १९ गते । सीके राउतको अडान सैद्धान्तिक अडान हो । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसङ्घको स्थापना हुँदा ४५ देश थिए । पछि ६० भए र अहिले २ सयको हाराहारीमा छन् । ४५ बाट २ सय राष्ट्रहरू बन्ने प्रक्रिया मङ्गलग्रहबाट झरेर बनेको होइन । यहीँका देशबाट स्वतन्त्रता प्राप्त गरेर देश बनेका हुन् । राष्ट्रको निर्माण कसरी हुन्छ ? भन्ने कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ । यसका केही आधार हुन्छन् । जस्तै, पहिलो, केन्द्र निकै कमजोर भयो भने त्यहाँबाट छुट्टिने रहर जाग्छ । दोस्रो, शोषण बढ्यो भने छुट्टिने रहर जाग्छ । (उदाहरणको रूपमा बङ्गालादेश । पाकिस्तानको शोषणले सीमा नाघेपछि बङ्गलादेशलाई स्वतन्त्र हुने बाध्यता जाग्यो ।) तेस्रो, नागरिकलाई सम्मान र समान व्यवहार गरिएन भने छुट्टिने रहर जाग्छ । चौथो, व्यक्तिको महत्वकाङ्क्षाले पनि राष्ट्रको भूगोल बदलिन्छ । जसरी जिन्नाले विश्व मानचित्रमा पाकिस्तान भन्ने देश थपे । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने मधेसको नेपाल राज्यसँग छुट्टिने लगभग सबै कारण विद्यमान छन् । दमनले सीमा नाघेको छ । मधेसीको सम्मान स्थापित छैन । मधेसको दृष्टिकोणबाट हेर्दा केन्द्र निकै कमजोर छ । जसले न मधेसीको सुरक्षा गर्छ न सेवा दिन्छ । साधन, स्रोत र सत्तामाथि खसआर्यको एकाधिकार रहँदै आएको छ ।post by rato pati
Home / Breaking News /
Headlines /
राजनिति /
समाजिक
/ मधेसलाई नेपालसँग बस्नुपर्ने कुनै कारण छैन : सीके लाल
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.