एमाले पार्टी कार्यालयमा तालाबन्दी

                                   
वीरगन्ज, भदौ १९ । नेकपा एमाले पर्सा कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ ।
टिकट वितरणमा नेतृत्वले न्याय नगरेको भन्दै सांसद बिचारीप्रसाद यादवको नेतृत्वमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर–२० का आकांक्षी रामकिशोर सिंहलाई टिकट नदिएको भन्दै उनका सर्मथकहरुले पनि तालाबन्दी गर्दै धर्ना दिएका छन् ।
सिंहले पार्टीले आफ्नो कामको अवमूल्यन गरेको र चाकरी गर्नेहरुलाई टिकट दिएको आरोप लगाउँदै मंगलबार भन्डारफोर कार्यक्रमसँगै पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिने बताए ।
Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.