जनकपुरको यातायात कार्यालयमा व्यापक भ्रष्टाचारी प्रहरीकै रोहबरमा घुसपैठ

जनकपुरधाम,भदौ १५ गते बिहीबार ।
जनकपुर यातायात कार्यालय पटक पटक व्यापक भ्रष्टाचारीकै नामबाट बदनाम हुँदै आए पनि आफ्नो बानी अहिले सम्म सुधारेको देखिदैनन् ।
जनकपुरको मुजेलियास्थित रहेको यातायात कार्यालयमा डिजिटल प्रविधिको लाईसेन्स लिनेहरु बुघबार बिहानै  चार बजे देखिनै लाईनमा बसेको भए पनि त्यहाँका कर्मचारीहरुको मिलेमतोमा तथा रुपैया पैसाको चहलखेलले बाह्य व्यक्तिहरुको फारम समावेश गरेर तिनीहरुका काम पूरा गरेको छ । तर, लाईनमै बस्नेहरु बिहान ११ बजे सम्म पनि जस्ताकोे त्यस्तै देखिएका थिए ।
बिहानै देखि लाईनमै लाग्नेहरु जस्ताको त्यस्तै लाईनमा बस्दा आक्रोश समेत देखिएका थिए । साथै प्रहरीले पनि बाह्य व्यक्तिहरुबाट रकम लिएर घुसपैठ गराएकोे लाईनमा लाग्नेहरुको आरोप रहेको थियो ।
यसै सम्बन्धमा  कार्यालयमा कार्यरत कर्मचारीहरुसँग लाईनमा भईरहेको घुसपैठका सम्बन्धमा जानकारी गराउँदा पनि उनीहरुले कुनै चाँसो  देखाएका थिएनन् ।

Share on Google Plus

About एम.के.मैथिल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.