कपिलवस्तुको नदीले बगाउँदा एक युवक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।
बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उर्लिएर आएको वाणगंगा नदीले बगाउँदै ल्याएका दाउरा समात्न नदीमा पस्दा आइतबार साँझ मल्लाहलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो ।

उनको खोजीकार्यमा प्रहरी निरीक्षक सुशील थापाको नेतृत्वमा १२ जना प्रहरी परिचालन गरेको अधिकारीले बताउनुभयो ।

Share on Google Plus

About एम.के.मैथिल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.