महोत्तरीमा चार जुवाडे र लागुऔषध तस्कर युवा पक्राउ



बर्दिबास: महोत्तरीको बर्दिबास नगरपालिका-१ बजारबाट लागुऔषध सहित एक युवालाई ईलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-६ किसाननगरका १९ बर्षीय अनिलकुमार राउत रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रविण पोखरेलले बताए।


ज.९प.२६५६ नम्बरको मोटरसाइकलमा सवार अनिललाई प्रहरीले चेकजाँचको क्रममा लागुऔषध नाइट्रोभेट ५२ टेवलेट सहित उनलाई पक्राउ गरेको हो। पक्राउ परेका राउतलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर अनुसन्धान भइरहेका छ।
यस्तै महोत्तरीको बर्दिबासबाट जुवातास खेलिरहेको चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिबास नगरपालिका—१ का २६ बर्षीय श्याम परियार, ५४ बर्षीय गोपाल खतिवडा, बर्दिबास नगरपालिका-४का ३६ बर्षीय गोविन्द परियार, बर्दिबास नगरपालिका-८ का ३३ बर्षीय तेजबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रविण पोखरेलले बताए।
यसैबीच बर्दिबासबाट एक जना फरार अभियुतलाई प्रहरीले पक्राउ गरेको छ।बर्दिबास नगरपालिका-१ का इजरायल चुरोटेलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई २०७० सालमा जुडा खेलाएको केसमा प्रहरीले उनीमाथि मुद्धा चलाएको थियो।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.