
भारतको पाँच दिने औपचारिक भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : विकास कार्की
---------------------------------------------------------------
काठमाडौं, भदौ ११ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमणबाट सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। ४८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतबाट फर्केलगत्तै प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन्।
‘भारत भ्रमण पूर्ण रुपमा सफल भयो,’ प्रधानमन्त्री देउवाले भने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको र त्यसमध्ये चार बुँदा भूकम्पपछिको पुनर्निर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन्। एउटा सम्झौता ५० हजार घर पुनर्निर्माणसँग सम्बन्धित छ।
दिल्लीमा रहँदा उनले संविधान संशोधनको प्रयास पुन गर्ने भन्दै दिएको अभिव्यक्तिबाट उनको आलोचना भइरहेको छ। सत्ता साझेदारले समेत आलोचना गरिरहेको बेला उनकै पार्टी कांग्रेसले भने उक्त अभिव्यक्तिमा ‘रणनीतिक’ महत्व रहेको दाबी गरेको छ। -अन्नपूर्ण पोस्ट
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.