बानेश्वरको मुख्य सडकमै शव भेटियो

                                            Related image
काठमाडौं, साउन २१—काठमाडौंको नयाँ बानेश्वरको मुख्य सडकमा एक व्यक्तिको शव भेटिएको छ । बानेश्वरको अल्फाबिटा नजिकैको मुख्य सडकमा अन्दाजी करिब २२–२५ वर्षीय पुरुषको शव भेटिएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।
बाटो काट्दै गर्दा  तीव्र गतिमा आएको सवारीको ठक्कर बाट उनको मृत्यु भएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । बिहान करिब ५ बजेतिर बाटो काट्ने क्रममा तीव्र गतिमा आएको सवारी साधनले उनलाई ठक्कर दिएर चालक सवारी सहित भागेको प्रहरीले जनाएको छ ।
उनलाई ठक्कर दिने सवारी साधनको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.