मोहम्मद फराहः १० हजार मिटर दौडमा लगातार तेस्रोपटक विश्व च्याम्पियन

साउन २१ – बेलायतका मोहम्मद फराहले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । लण्डन स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धामा ओलम्पिकमा स्वर्ण पदक जितेका तथा प्रतियोगिताका साबिक विजेता फराहले स्वर्ण पदक जितेका हुन् । उनले लगातार तेस्रो पटक यो स्पर्धामा विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् । स्वर्ण पदक जितेका फराहले निर्धारित दूरी २६ मिनेट ४९ दशमलव ५१ सेकेण्डमा पूरा गरे । यो स्पर्धामा युगाण्डाका जोशुए चेपटेगेइले रजत तथा केन्याका पउल तानुइले काश्य पदक जिते । 
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.