नेइमारको कागजात पेश गर्न पिएसजीले गर्‍यो ढिलाइ

साउन २१ – विश्वका महंगा फुटबल खेलाडी नेइमारले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट लिगको पहिलो खेल खेल्न नपाउने भएका छन् । विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका ब्राजिलियन नेइमारको अनुबन्ध सम्बन्धी कागजात समयमा पेश गर्न नसकेकाले उनी शनिबार राति हुने लिग वान अन्तर्गतको पहिलो खेलमा पिएसजीको टिममा नरहने सम्भावना बढेको हो । शुक्रबार मध्यरातसम्म अनुबन्धको प्रमाण पत्र लिग वानको कार्यालयमा पेश गर्नुपर्नेमा त्यसो नभएको र यसले गर्दा नेइमार शनिबार राति हुने एमिएन्ससँगको खेलमा मैदानमा हुने छैनन् । तर नेइमार रंगशालमा समर्थकको रुपमा भने रहने छन् । २५ वर्षका नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्ड स्ट्रर्लिङमा पिएसजीमा अनुबन्ध भएका हुन् । उनले अब वर्षको चार करोड ७० लाख पाउण्ड स्ट्रर्लिङ कमाइ गर्ने छन् । पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारले अरु कुनै क्लबमा भन्दा धेरै आम्दानी गर्ने बताएका छन् । नेइमारले आफू कहिले पनि पैसाबाट प्रभावित नभएको र बाहिर आएका कुरा हल्ला मात्रै रहेको बताए । पैसाका लागि भएको भए आफू विश्वको अरु कुनै क्लबमा हुने नेइमारको भनाई छ । पिएसजीले आफूमाथि विश्वास गरेकोमा खुशी लागेको उनले बताएका छन् । 

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.