राजपा पार्टी नेपालको केन्द्रिय कार्यालय काठमाडौंमा स्थापना( फोटो फिचर )

साउन १८ गते काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालयको आज बुधबार काठमाडौंस्थित बबरमहलमा रहेको मधेशी निजामती कर्मचारी मञ्चको भवनमा राजपाको केन्द्रीय कार्यालय स्थापना गरिएको छ ।

पार्टी गठन भएदेखि नै भवनको खोजी गरिए पनि भनेजस्तो भवन नपाएपछि अन्ततः मधेसी निजामती कर्मचारीको मञ्चको कार्यालय भवन पार्टीले भाडामा लिएको हो ।नयाँ शक्ति नेपालको कार्यालयसँगै रहेको सो भवनको शिलान्यास राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले नै गरेका थिए । 
नेपाल सरकारले उपलब्ध गराएको जग्गामा उक्त साढे तीनतल्ले भवन निर्माण भएको हो । भवनमा जम्मा १३ वटा कोठा छन् । जसमध्ये दुई वटा संघले राख्ने छ भने बाँकी सबै राजपाले प्रयोगमा ल्याउने बताइएको छ ।

उद्घाटनमा बोल्दै अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो कार्यालय अस्थायी मात्र भएको र उपयुक्त ठाउँ हेरेर सर्ने बताए ।११ कोठामध्ये ६ कोठा ६ जना अध्यक्षका लागि छुट्याइएको छ भने उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतलाई कुर्ची टेबलसमेत पुग्ने अवस्था नरहेको नेताहरु बताउँछन् । 

उनीहरुका लागि भूँइतलामा सभा हल बनाइएको छ । मञ्चलाई राजपालाई मासिक एक लाख रुपैयाँ माग गरे पनि राजपाले भने मासिक ७५ हजार दिने बताएको मञ्चका प्रतिनिधि सुजित कुमार झाले बताए ।
मधेश निजामति कर्मचारी मञ्च पुरानो तराई मधेश लोकतान्त्रिक पार्टीको शुभेच्छुक संगठन हो ।



Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.