
काठमाडौं, साउन १८
मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ ।
धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप टेलिकमले यो थालनी गरेको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ।
टेलिकमले हाल मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निःशुल्क वाइफाइ उपलब्ध गराएको छ ।
वाइफाइको सुविधा लिन नेपाल टेलिकमकै सिम प्रयोग गर्नुपर्छ।
About Unknown
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.