काभ्रेपलाञ्चोक, १८ साउन
बनेपा नगरपालिका–७ गोदाम चोकबाट मंगलबार अवैध बल बाइपास संचालन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दी मंगला गाँउपालिका–२ बस्ने २९ वर्षीय केशवराज पौडेल, काभ्रे रोशी गाँउपालिका–३ शिखर अम्बोटे बस्ने २२ वर्षीय विकाश लामा, सिपाली चिलाउने बस्ने ३२ वर्षीय विनोद कुमार मैनाली, चौरी देउराली गाउँपालिका–४ बस्ने २४ वर्षीय सुजन तामाङ र दोलखा फस्कु–८ रातमाटे बस्ने २४ वर्षीय अवि थापा रहेका छन् ।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले काभ्रे बनेपा नगरपालिका–७ गोदाम चोक स्थित डेरा गरी बस्ने केशवराज पौडेलको कोठा खानतलासी गर्दा कल वाईपासमा प्रयोग हुने उपकरण तथा सामानहरु ६४ पोर्टको VOIP gate way २ थान, १ थान ल्यापटप र चार्जर, TP link को राउटर १ थान, NTC को Wifi राउटर १ थान, Micro मोडियम यु.पि.एस.१ थान, यु.एस.बि.मोडियम १ थान, मोबाइल ६ थान, स्मार्ट टेलको सिम कार्ड १ सय २० थान र नगद १७ हजार लगायतको सामान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.