बाबुरामको मूत्रथलीको सफल शल्यक्रिया

भक्तपुर, साउन २१ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ ।

गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा शुक्रबार अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

डा. बर्माले भने–‘पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।’

अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उनलाई घर पठाइने अस्पतालले जनाएको छ । रासस

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.