काठमाडौं-निजगढ मुलुकको ‘लाइफलाइन’ सडक बन्नेछ: मन्त्री प्रधान


काठमाडौं, साउन २१ । रक्षा मन्त्री भिमसेनदास प्रधानले काठमाडौं निजगढ सडक फास्टट्रयाक लाई मुलुकको लाइफलाइन सडकका रुपमा विकसित गर्ने सरकारको योजना रहेको बताएका छन ।

शुक्रबार राजधानीमा ‘नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समिति’ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले काठमाडौं निजगढ सडक मुलुकको लाइफलाइन सडक हुने भन्दै सरकारले प्राथमिकताका साथ निर्माण गर्ने बताएका हुन ।

फरक प्रसंगमा उनले संविधानको कार्यान्वयन गर्नु र सबैलाई संविधान प्रति अपनत्व महसुस गराउँनु सरकारको कर्तव्य भएको समेत बताए ।

‘हिमाल पहाड तराइ सबै क्षेत्रमा बसोबास गर्ने जनताले संविधान प्रति अपनत्व महसुस गर्नु पर्छ, त्यस कारण पनि संसोधन आवश्यक छ,’ मन्त्री प्रधानले भने ।

कार्यक्रममा काठमाडौं उपत्यका बाट रक्षा मन्त्रीमा नियुक्त भएकोमा आयोजक समितिले मन्त्री प्रधानलाई बधाइ सहित सम्मान गरेको थियो ।

कार्यक्रममा समितिका लक्ष्मिदास मानन्धर, तीर्थराम डंगोल लगायतले नेवारी समुदायबाट सरकारले पहिलो पटक रक्षा मन्त्रीमा प्रतिनिधित्व गराएकोमा धन्यवाद समेत दिएका थिए ।

मन्त्री प्रधानले नेपाल संवतलाई सबैले महत्वका साथ मान्नु पर्ने भन्दै गैर नेवार समुदायको समेत यस्ता संस्थामा प्रतिनिधित्व हुनु पर्नेमा जोड दिएका छन ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.