राजधानीमा टाटा मोटर्स् कार मेला, गाडी किन्दा ४ लाखसम्म नगद छुट

काठमाडौं, साउन २१ । टाटा मोटर्स्का लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स् कार मेलाको आयोजना गरेको छ ।

शुक्रबारदेखि राजधानीमा कार मेला सुुरु भएको हो ।

तीनदिने मेलामा टाटा कारले टाटा प्यासेन्जर गाडीहरुको बृहत् प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स, बिमालगायतका सुविधा राखेको सिप्रदीका महाप्रबन्धक प्रविन खतिवडाले जानकारी दिए ।

मेला अवधिभर गाडी खरिद गर्दा ४ लाख रुपैयाँसम्म नगद छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।

मेलामा टाटाका २० लाखदेखि ६० लाख रुपैयाँसम्मका कार उपलब्ध रहेका छन् । मेला २२ गतेसम्म चल्नेछ ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.