महाधिवेशन निर्धारित मितिमै हुन्छः पत्रकार महासंघ

काठमाडौं, साउन ९ गते।

नेपाल पत्रकार महासंघले महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेको छ ।
महासंघको २५ औं महाधिवेशन आगामी भदौ ४ र ५ गते तोकिएको छ । तर, नेपाल प्रेस युनियनले महाधिवेशन सार्न लागिएको भन्दै विरोध जनाएको थियो । त्यसलाई महासंघले महाधिवेशन टार्ने वा भाँड्ने षडयन्त्रपूर्वक गलत प्रचार गरिएको ठहर गरेको छ ।

सोमबार नेपाल पत्रकार महासंघका महासचिव उजीर मगरले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन सार्ने कार्य हुन लागेको भनी भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा नेपाल पत्रकार महासंघ आश्चर्यचकित भएको छ । महासंघले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिरहेको र सो मितिमै हुने भएकोले महाधिवेशन टार्ने वा भाड्ने षड्यन्त्रपूर्वक गरिएको यस्ता गलत प्रचारको भ्रममा नपर्न महासंघ सम्वद्ध सबैमा आग्रह गर्दछ ।’

विधिवतरूपमा टुंगो लगाएका विषयलाई गलत ढंगले उछालेर महाधिवेशन बिथोल्ने प्रपञ्च नगर्न महासंघले आग्रहसमेत गरेको छ । - ऑनलाइन खबर

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.