गोविन्द केसीले सुरु गरे अनसन, विवेकशीलद्वारा धर्ना

काठामाडौं, साउन ९ गते ।

सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै प्राध्यापक डा गोबिन्द केसीले आजबाट अनसन सुरु गरेका छन् । उनको यो ११ औं पटकको अनसन हो । चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसीले आज शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर अनसन सुरु गरेका हुन् । यसअघि केसीले सरकारलाई माग पुरा गर्न असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

माथेमा प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने उनको माग छ ।

यसैबीच विवेकशील नेपाली दलले केसीको माग सम्बोधनको लागि दवाद दिन त्रिवि शिक्षण  अस्पतालमा धर्ना दिएको छ ।   केसीको समर्थनमा ब्यानरसहित विवेकशील नेपाली दलका कार्यकर्ता धर्नामा सहभागि भएका थिए । साभार: रातो पाटी

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.