जिल्ला शिक्षा कार्यालय महोत्तरीमा तालाबन्दी

धनुषा, साउन ९ गते ।

महोत्तरीको जिल्ला शिक्षा कार्यालयमा भंगहा गाउँपालिका भिमगरका स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । भंगहा गाउँपालिका–९ भिमगरमा रहेको सार्वजनिक माध्यमिक विद्यालयको समस्याप्रति जिल्ला शिक्षा कार्यालय महोत्तरीले ध्यान नदिएको भन्दै स्थानीय बासिन्दाले सोमबार तालाबन्दी गरेका हुन् ।

चार वर्षअघि सञ्चालन भएको त्यस विद्यालयमा शिक्षक न्यून मात्रामा रहेको र एक जना दरबन्दीमा भएको शिक्षकलाई समेत शिक्षा अधिकारीले रकमको चलखेल गरी सरुवा गरेको भीमगरबासीको आरोप छ । 

महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाललाई उक्त समस्याको विषयमा पटक पटक फोनमार्फत र भेटेर गुनासो गर्दा अश्वासन मात्र दिने गरेको स्थानीयबासीले बताएका छन् । एक सातादेखि फोनमा कुरा हुँदा स्थानीयबासीलाई कार्यालयमै आउन भनेको तर कार्यालयमा जाँदा आफै अनुपस्थित भएर फोनसमेत अफ गरेको कारण बाध्य भएर तालाबन्दी गरेको भंगहा गाउँपालिकाका युवा अगुवा सञ्जिव साहले जानकारी दिनुभयो ।

पाँच सय विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा शिक्षकहरुको अभावको कारण पठन पाठनको अवस्था दयनीय भएको उनीहरुको दुखेसो छ । विद्यालयमा दरबन्दी शिक्षक हुँदा हुँदै राहत शिक्षक उमेश यादव प्रधानाध्यापक रहेको र उनले समेत पठन पाठमा ध्यान नदिने गरेकाले विद्यालयको समस्याको विषयमा चासो नलिएसम्म शिक्षा कार्यालयमा तालाबन्दी जारी रहने युवा अगुवा साहले बताउनुभयो । साभार: उज्यालो ऑनलाइन

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.