काठमाडौं, ४ साउन । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको खबर आजको कारोबारमा छ ।
भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो ।
एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो ।
यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.