दोलखा, असार २९ । जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकामस्थित तहल्का होटल सञ्चालक तारा काफ्ले पोखरेललाई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको अभियोगमा पक्रेको छ ।
चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीमेश्वर नगरपालिका वडा नं। ३,चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अरु दुईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका वडा नं। ३, जफेका सन्तोष भुजेल र सुरोज पोखरेल छन् ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.