उपचारका लागि विराटनगर आएकी महिलामाथि गोली प्रहार

विराटनगर, असार २९ । विराटनगरको मुनाल पथमा आज बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् ।
उदयपुर बेलटार घर भई उपचारका लागि विराटनगर आएकी ४७ वर्षीया टिनादेवी विष्टलाई अज्ञात समूहले विहान ५ वजेको समयमा गोली चलाएको थियो ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनको साथवाट नगद ११ हजार समेत लुटेर लगेको घाइते विष्टले जानकारी दिइन् ।
घाइते विष्टको विराटनगरस्थित विराटन नर्सीङ होममा उपचार भई रहेको छ । विष्टको घुडामुनि समान्य चोट देखिएको छ ।
प्रहरीले भने विष्टलाई गोली नलागेको दावी गरेको छ । मोरङका प्रहरी प्रमुख सन्दिप भण्डारीले उनलाई गोली नभई पटका लागेको अनुमान गरिएको जानकारी दिए ।
घटनाको वारेमा थप अनुसन्धान भई रहेको र अपराधीहरुको खोजी कार्य भई रहेको प्रहरी उपरिक्षक भण्डारीले जानकारी दिए ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.