नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन, २९ असार । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । सडकखण्ड अन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो हटेपछि बिहानदेखि एकतर्फी यातायात सञ्चालन भएको मुग्लीङ प्रहरीले जानकारी दिएको छ । हिजो दिउँसो ३ बजेपछि बन्द भएको बाटो एकतर्फी खुलेपनि जामका कारण आवत जावतमा समस्या देखिएको छ । बीच सडकमा अड्किएर जोखिममा परेका सवारीसाधनलाई कटाएपछि पहिरो पन्छाउने जारी रहेको छ । सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिरहेको छ । मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.