
बनेपा, ७ असार । काभ्रेको बनेपा बसपार्कमा व्यवसाय गर्दै आएका एकै परिवारका चार जना मृत भेटिएका छन् ।
बस पार्कमा होटल गर्दै आएका ३२ वर्षिय राजाराम दाहाल उनका ६५ वर्षिय बाबु हरिभक्त दाहाल, आमा हरिमाया दाहाल र २५ वर्षिय बहिनी रञ्जना दाहाल मृत अवस्थामा फेला परेका हुन । प्रहरीको नियमित गस्तीका क्रममा राति ९ बजेतिर होटलको सटर बन्द रहेको तर सटरको तल्लो भागबाट फुटेको सिसा निस्केको देखेपछि प्रहरीले बन्द रहेको सटर खोलेर हेरेको थियो । तर, सोही क्रममा चार जना मृत भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार सेलफस विषको भाँडो भेट्टिएको छ । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सहकुल बहादुर थापा लगायतको टोलीले अनुसन्धान गरिरहेको छ । ५ वर्ष अघिदेखि दाहाल परिवारले बसपार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आएका थिए ।
दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । छोरीको बिहेको विषयले उग्र रुप लिँदा दाहाल परिवारमा अकल्पनीय घटना घटेको हुनसक्ने स्थानीयको अनुमान छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.