
काठमाडौं, ७ साउन । प्रसुति रोग विशेषज्ञ तथा साहित्यकार डा.भोला रिजालले आफ्नो पेशालाई छाडेर राजनीतिमा जाने सोँच बनाएको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.रिजालले राष्ट्रिय राजनीतिमा जानका लागि आफूले तयारी गरिरहेको बताउनु भयो ।
‘राष्ट्रिय राजनीतिले मेरो आवश्यक्ता ठान्यो भने म राजनीतिमा जान तयार छु’, उहाँले भन्नुभयो, ‘यदि त्यस्तो भयो भने सबै कुरा छाडेर तनमन-धन दिएर राजनीतिमा लाग्छु ।’
आफ्नो परिवार विपी कोइरालाको संगतमा रहेको बताउनुभएका डा.रिजालले भन्नुभयो, ‘त्यति बेला सुनसरीमा रहेको हाम्रो घरमा विपी कोइराला आउँनु हुन्थ्यो । गीतसंगीतमा लाग्न मलाई विपी कोइलाले पनि हौसला दिनुभएको थियो ।’
उहाँले विपी कोइराला र पुष्पलाल श्रेष्ठ जस्ता राष्ट्रवादी नेता आफूलाई धेरै मन पर्ने गरेको बताउनुभयो ।
‘विपी र पुष्पलाल जस्ता राष्ट्रवादी नेता छैनन्’, उहाँले भन्नुभयो, ‘अहिले थोरै मात्र नेताहरूले विपी र पुष्पलालको सिद्धान्त पच्छ्याउने हो भने देशमा धेरै विकास हुने थियो ।’
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.