जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा सुरक्षाकाको लागि भर्ना गरिएको म्यादी प्रहरी बुधवारबाट अवकास पाउने भएको छ ।पहिलो चरणमा ५५ दिनको लागि भर्ना गरिएको म्यादी प्रहरीको पटक पटक गरी म्याद थप गरिएको थियो ।
दुई चरणमा निर्वाचन भएपछि ९० दिन सम्मको लागि म्याद थप गरिएको थियो । अन्य प्रदेशमा निर्वाचन सम्पन्न भएपनि प्रदेश नम्बर दुईमा निर्वाचन नभएको कारण म्यादी प्रहरी वारे अन्यौलता थियो । तर आईतवार प्रहरी प्रधान कार्यालय काठमाण्डुले प्रदेश नम्बर दुईमा भर्ना भएको सबै म्यादी प्रहरीलाई तत्कालको लागि अवकास दिने पत्र प्राप्त भएको धनुषाका प्रहरी उपरीक्षक लालमणी आचार्यले बताए । धनुषामा दुई हजार पाँच सय ५० जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।
ती मध्ये २० जनाले काम छाडेर वैदेशिक रोजगारमा गइसकेका छन् । त्यस्तै, एक जना म्यादी प्रहरी बलात्कारको आरोपमा फरार रहेको छ भने अर्का एक जना चोरीको मुद्दामा थुनामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी उपरीक्षक आचार्यले बुधवारदेखि जिल्लाका सबै म्यादी प्रहरीलाई बैंक मार्फत अन्तिम किस्ता उपलब्ध गराई विदावारी गर्ने तयारी भईरहेको बताए । म्यादी प्रहरीको विषयमा तत्काललाई अवकास दिने आदेश आएको छ,उनले भने,‘ पछि निर्वाचनको लागि म्यादी प्रहरी चाहिएको खण्डमा उहाँहरुलाई भर्ना गर्न सक्छ ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलवार नै एक हजार भन्दा बढी म्यादी प्रहरीको जनकपुरस्थित एक नीजि बैंकमा खाता खोलिएको छ ।
यता, केहि म्यादी प्रहरीले तलव र भात्ता वापतको रकम नगद रुपमै पाउनुपर्ने माग गरेको छ ।
बैंक मार्फत जालझेल हुने भएकोले नगद नै पाउनुपर्ने भन्दै उनीहरुले विरोध गरेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा केही समयको लागि तनाव उत्पन्न भएको थियो । यस सम्बन्धमा उपरीक्षक आचार्यले मुलुकभरिका म्यादी प्रहरीको तलबमा एकरुपता रहेकोले बैंक मार्फत भुक्तानी लिन पनि कुनै समस्या नहुने दावी गरे ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.