बाग्लुङमा जिप दुर्घटना, दुईको मृत्यु, ८ जना घाइते

बाग्लुङ, असार २२ । बाग्लुङको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु ८ जना घाइते भएका छन् ।रेशबाट बाग्लुङतर्फ आउँदै गरेको ध१ज १८८ नम्बरको जिप रेशको जिरेदीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ वर्षीय बालक दीपक कार्की र ७० वर्षीय लालबहादुर कार्की छन् ।
दीपकको घटनास्थलमै र लालबहादुरको धौलागिरि अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
घाइतेहरुमध्ये चारजनाको अवस्था गम्भीर छ । घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
रेशबाट बाग्लुङतर्फ आउँदै गरेको ध१ज १८८ नम्बरको जिप रेशको जिरेदीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा ७ वर्षीय बालक दीपक कार्की र ७० वर्षीय लालबहादुर कार्की छन् । दीपकको घटनास्थलमै र लालबहादुरको धौलागिरि अञ्चल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । घाइतेहरुमध्ये चारजनाको अवस्था गम्भीर छ । घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.