राजपाको केन्दीय समिति बैठक साउन तेस्रो हप्ता, पार्टी भित्रको विवाद होला त साम्य ?


काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले भावी रणनीति तय गर्न पदाधिकारी र केन्द्रीय समितिको बैठक यही साउन तेस्रो हप्ता बोलाएको छ।

बिहीबार र शुक्राबार बसेको सो पार्टीको अध्यक्षमन्डलको बैठकले साउन १८ देखि २० गतेसम्म पदाधिकारी र साउन २१ देखि केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीसम्बद्ध वर्गीय संगठनका केन्द्रीय अध्यक्ष र पार्टी जिल्ला अध्यक्षमन्डलका अध्यक्षलाईसमेत आमन्त्रित गरिनेछ।

आगामी असोज २ गते २ नम्बर प्रदेशमा तय गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई ध्यानमा राखी पार्टीले बैठक बोलाएको हो।

अघिल्लो दुई चरणको निर्वाचन बहिस्कारका विषयमा सो पार्टीभित्र विवाद उत्पन्न भएको छ। राजपाका नेता हृदयेश त्रिपाठीलगायतले केन्द्रीय समितिको बैठक डाक्नुपर्ने माग राख्दै केही दिनअघि भैरहवामा पत्रकार सम्मेलन गरेका थिए। रासस

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.