
साउन -९ काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबारे अर्काे ठूलो निर्णय लिएका छन् । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले विशेष पहल गरेकी छन् ।
राणाका अनुसार भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले काठमाडौंमा आयोजना हुन लागेको ‘नेपाल–भारत लगानी सम्मेलन’लाई सम्बोधन गर्न नेपाल आउने निर्णय मोदीले गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीलाई आफूहरुले निमन्त्रणा गरेको र आउने संकेत दिएपछि उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलनलाई सेप्टेम्बरमा सारिएको उनले बताइन् ।
मोदी यसअघि दुईपटक नेपाल आइसकेका छन् । मोदीको अबको भ्रमणले नाकाबन्दी ताका विग्रिएको नेपाल भारत सम्बन्धमा सकारात्मक दिशामा जाने विश्वास गरिएको छ ।
भवानी राणाको विशेष पहल
मोदीलाई तेस्रो पटक नेपाल भ्रमणमा ल्याउन भवानी राणा लगायत उद्योगी व्यवसायीले विशेष पहल गरेका छन् । व्यवसायीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्न लागेको छ । यही अवसरमा मोदी नेपाल आउने वातावरण सिर्जना भएको हो ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.