बेनी-जोमसोम सडकखण्ड खुल्यो, बेनी-दरवाङ अवरुद्ध

म्याग्दी, साउन ९ । अविरल बर्षासँगै गएको पहिरोका कारण अवरुद्ध भएको बेनी-जोमसोम सडकखण्ड दुई दिनपछि सुचारु भएको छ ।

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ भुरुङ तातोपानीको गुईठेभिरमा सडक अवरुद्ध भएको थियो ।

उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका भारतीय धार्मिक पर्यटकसहितका यात्रुलाई समस्या भएको थियो ।

कालिगण्डकी करिडोर योजनाको सुपरभाईजर इन्द्रसिंह शेरचनले आइतबार साँझबाट सडक सञ्चालनमा आएको जानकारी दिए ।

उता लाम्पाटा र फापर खेतमा पहिरो खसेपछि पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडक खण्डमा भने आइतबारदेखि सिधा यातायात सेवा अबरुद्ध भएको छ ।

२४ किलोमिटर दूरीको सडकमा यात्रा गर्दा तीन ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने वाध्यता छ ।

सडक अबरुद्ध भएपछि धौलागिरी, मंगला र मालिका गाउँपालिकाका हजारौं सर्वसाधारण र पर्यटक प्रभावित भएका छन् ।

Share on Google Plus

About Surendra Singh

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.