
साउन ९ ,काठमाडौं । आइतबार रामेछापमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल चढेको गाडीमा तोडफोड भयो । ३९औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन रामेछाप पुगेका नेता नेपाल चढेको बा५च २७५० नम्बरको गाडी गत शनिबार राति रामेछापको मन्थली नगरपालिका कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा तोडफोड गरिएको थियो ।
यसरी एकपटक फेरि एमालेका विद्रोही नेता नेपालमाथि आक्रमणको प्रयास भएको छ । यसअघि पनि नेता नेपालमाथि आक्रमण हुँदै आएको छ । उदाहरणका लागि गृहजिल्ला रौतहटको गौरमै धेरैपटक उनीमाथि र उनको सवारीमाथि आक्रमण भइरहेको यथार्थ हाम्रा सामु छ । अब पार्टीमा सधै संस्थापनविरुद्ध उभिने नेतामाथि आखिर कसले र किन आक्रमण गरिरहेको यो बुझ्न जरुरी छ ।
हामीलाई प्राप्त स्रोतको सूचनाअनुसार नेता नेपालमाथि हालका अध्यक्ष एवं संस्थापन (केपी ओली) समूहले आक्रमण गर्दै आएको बुझिएको छ । उसो त जनताका पक्षमा बोल्ने जननेता मदन भण्डारीको दासढुंगा दुर्घटनामा परी निधन भएको तितो सत्य हाम्रा सामु छर्लगैं छ । तर, त्यो दुर्घटना अस्वभाविक अर्थात कसैले गराएको थियो भन्ने गरिन्छ । त्यस्तैगरी अहिले आफ्ना विरोधीको रुपमा उभिने नेता नेपाललाई ओलीले निशाना बनाएको बताइन्छ । यद्यपी ओली चीन भ्रमणमा छन् । तर, यो घटना उनकै योजना अनुसार भएको बताइन्छ । आफू चीन भएको बेला घटना हुँदा आफूमाथि शंका नहुने ओलीको बुझाई रहेको स्रोत बताउँछ ।
विशेषतः एमालेमा अहिले ओलीको लडाइँ नेपालसँगै छ । झलनाथ खनालले त भित्रभित्रै ओलीलाई सपोर्ट गरिरहेछन् । तर, अझैपनि पार्टीको अध्यक्ष बन्ने आकांक्षा बोकेका नेता नेपालले हरेक निर्णयमा अनुचित दबाब र पार्टीभित्र भागवण्डाको अवस्था तथा गुटबन्दी सिर्जना गरेका कारण आजित भएका ओली नेपाललाई साइजमा ल्याउन कहीले गाडी तोडफोड गर्ने त कहीले मधेसी प्रयोग गरेरै आक्रमण गर्न लगाउने गरेको स्रोतको भनाई छ ।
यो कुराको पुष्टि पनि हुन्छ । किनभने ओलीमाथि आजसम्म यसरी आक्रमण भएको सुनिएको छैन् । बस मेची महाकाली अभियानका क्रममा सप्तरीमा भएको घटनाबाहेक । त्यो त एउटा जनआक्रोशको परिणाम थियो । तर, माधव नेपालको हकमा भने त्यसो छैन् । उनीमाथि एकपछि अर्काे गरी श्रृखंलाबद्ध आक्रमण भइरहेको छ । यसले के देखाउँछ भने धेरै ठाउँमा ओली समूहले उनीमाथि आक्रमण गरिरहेको छ ।
आज (आइतबार) भएका घटना पनि त्यसैको सिलसिला भएको एमाले रामेछापका एक नेताले नेपाल पानालाई बताए । उनका अनुसार आज नेपालको गाडीमा भएको तोडफोड ओली समूहकै कर्तुत हो । प्रहरीका अनुसार पक्राउ परेका दुई जनामध्ये एक ओली समूहको कार्यकर्ता भएको खुलेको यद्यपी उनको परिचय खुलाइएको छैन् ।
यसरी नेपालमाथि ओली समूहले आक्रमणको षडयन्त्र गरिरहेको छ । यसको ठ्याक्कै कारण के हो भन्ने अझै बुझ्न सकिएको छैन् । त्यो हेर्न बाँकी नै छ ।
एमाले केन्द्रीय कार्यालयद्धारा भत्सर्ना
इसैबीच नेकपा एमाले केन्द्रीय कार्यालयले वरिष्ठ नेता नेपाल चढेको गाडीमाथि शनिबार रामेछापको मन्थलीमा भएको तोडफोडको निन्दा गरेको छ । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कडा कारबाहीको माग गरेका छन् ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.