राष्ट्रिय गीति संग्रह ‘मेरो माटो’ लोकार्पण

                                      
काठमाडौं, साउन १४ । आफ्नी आमा स्वर्गीय धनकुमारी महर्जनलाई समर्पित गर्दै निर्माण गरिएको गीतकार हरिराम महर्जनको राष्ट्रिय गीति संग्रह ‘मेरो माटो’ लोकार्पण गरिएको छ ।विन्ध्यवासिनी म्यूजिक प्रा।लि।ले बजारमा ल्याएको जुगल डंगोलको एकल संगीत रहेको उक्त एल्बम राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको हो ।

उक्त राष्ट्रिय गीती–संग्रह ‘मेरो माटो’मा आठ ओटा गीतहरु समावेश गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सफलताको लागि शुभकामना ब्यक्त गर्दै गीतकै माध्यमबाट राष्ट्रिय भाव प्रष्फुटन गर्नसक्ने शक्ति माटोमा रहने भन्दै आफूले पनि माटोको गीत लेखेको स्मरण गरे । भाव र सृजना निरन्तर हुनुपर्ने उनको भनाई थियो ।

गीत समालोचक तथा कवि दुर्गालाल श्रेष्ठले ‘मेरो माटो’ साँच्चै माटो अनुभूति गराउन सफल मुटुको स्पन्दन भएको उल्लेख गर्दै गीत–संगीतको संयोजनमात्र नभई गायनको समायोजनले गीतमा सुन्दरता थपेको र यो संग्रह संग्रहनीय रहेको उल्लेख गरे ।

त्यस्तै संगीतकार राजु सिँहले एल्बममा रहेको ‘आमा’ आमाप्रतिको सम्मान बढेको अनुभूति भएको बताए । उनले राष्ट्रिय गीतको परम्परा कायम रहेकोमात्र होइन, नयाँ पुस्ता आकर्षित गर्ने गुणसमेत एल्बममा रहेको उल्लेख गर्दै नेवार परम्परागत संगीतको प्रयोगले पनि प्रभाव पारेको बताए ।

गीतकार महर्जनले छोराछोरीको सफलतामा गर्व गर्ने आमाले कहिल्यै पनि आफ्नो शिर झुकाउनु नपरोस् भनि आशिष दिनु भएका स्मरण गरे ।

कार्यक्रममा अतिथि माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले आफ्नो विद्यार्थीको गीति संग्रह ‘मेरो माटो’ अन्यका निम्ति पनि प्रेरणादायी बनोस् भनी शुभकामना ब्यक्त गरे । उनले भने, ‘राष्ट्रियताको खडेरी परेको परिस्थितिमा अति आवश्यक अभिब्यक्ती यो गीति संग्रह हो ।’
कार्यक्रममा प्रमुख अतिथि जोशीले गीति संग्रहमा संग्रहित गीतहरुमा स्वर दिने गायक, गायिका तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उत्तम महर्जन, रामकृष्ण दुवाल, केशव पौडेल, केन्जुमा सुब्बा, रोजी डंगोल श्रेष्ठ, केशव पौडेल, रत्नशोभा महर्जन, दीपा महर्जन, लगायतले गीत प्रस्तुत गरेका थिए ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.