
काठमाडौं, साउन १४ । काठमाडौंमा जारी युथ तथा जुनियर एसियन भारोत्तोलन च्यामिपयनसिपमा नेपाली खेलाडीहरुले व्यक्तिगततर्फ सामान्य सुधारमात्र गरेका छन् ।८५ किलो तौल समूहको युथमा शुक्रबार विशाल सिंह विष्टले आफ्नो भार बहनमा सुधार गरे ।
उनले स्न्याचमा ९३ तथा क्लिन एन्ड जर्कमा ११८ गरी २११ केजी तौल भार बहन गरे । यसअघि, उनले सातौं राष्ट्रिय खेलकुदमा स्नाचमा ८७, क्लिनमा ११० केजीका साथ १९७ केजी भार बहन गरेका थिए ।
सोही तौल समूहको युथमा काजाकिस्तानका आन्त्रोपोभ एत्रेम, ८५ केजी तौलको जुनियर विधामा दक्षिण कोरियाका जांग येवन हक र ९४ केजी तौल समूहको युथमा उज्वेकिस्तानका लियालेख सेन्दरले स्नाच, क्लिन र कुलमा गरी तीन स्वर्णपदक जितेका छन् ।
९४ केजीमाथिको तौलमा पहिलोपटक सहभागिता जनाएका नेपाली खेलाडी जयदी कोजुले स्नाचमा ७८ तथा क्लिनमा १०० गरी कुल १७८ केजी उठाए ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.