अपहरणकाे नाटक गर्ने प्रतिमान धरानबाट पक्राउ : थप अनुशन्धान हुदैछ : प्रहरी

इटहरी साउन २० गते। मंगलबार रातिदेखि एकाएक बेपत्ता भर्इ अपहरणकाे हल्ला मचाइ नाटक गर्ने धरान १७ रेल्वे निवासी ३६ बर्षीय प्रतिमान बिश्वकर्मा लार्इ बिहीबार मध्यरातकाे १२ बजे प्रहरीले नियन्त्रणमा लिएकाे छ । अपहरणकाे नाटक गरी घर परिवार लगायत प्रहरीलार्इ समेत बेवकुफ बनाएकाे पुस्टी भएपछि प्रहरीले बिश्वकर्मालार्इ नियन्त्रणमा लिर्इ थप अनुशन्धान सुरू गरेकाे छ ।

बिश्वकर्मा धरान १७ काे हजमुल मियाको मासु बद्यशालामा काम गर्दै अाएका थिए तर मंगलबार राती एकाएक अाफु अपहरणमा परेकाे फाेन मार्फत जानकारी गराएपछि बधशाला मालीक मिया र बिककाे परिवार तुरून्त प्रहरीकहाँ पुगेर घटना बिवरण सुनाएका थिए ।

घटना पत्ताे पाए लगत्तै अनुशन्धानमा हाेमिएकाे इलाका प्रहरी कार्यालय धरानले अपहरणमा परेका भनिएका ब्याक्ती प्रतिमानलार्इ बिहीबार मध्यरातकाे १२ बजे धरान १५ स्थित सदन छेउबाट नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा लिएका बिक साच्चै अपहरणमा नपरेका अाफैले नाटक रचेकाे प्रहरीलाृइ बयान दिएकाेले घटनाबारे थप अनुशन्धान सुरू गरीउकाे इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख डिएस्पी ढकेन्द्र खतिवडाले बताए ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.