सिटौलाको ‘घन्काइदेऊ मादलु’

काठमाडौं, साउन २० । हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको छेकोमा गायिका बबिता सिटौलाले तीजगीतघन्काइदेऊ मादलु’ सार्वजनिक गरेकी छन् ।

गायिका सिटौलाले युट्युबमार्फत् घन्काइदेऊ मादलु सार्वजनिक गरेकी हुन् ।

सुरज अधिकारीको शब्द–संगीत रहेको गीतको भिडियोमा कलाकार पार्वती राईको अभिनय रहेको छ ।

कलानिधि रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुति रहेको गीति भिडियोलाई नवीनबाबु गुरुङले निर्देशन गरेका छन् ।

भोजपुरी, नेवारी, तामाङलगायतका विभिन्न भाषाका गीत गाइसकेकी गायिका सिटौलाले तीजको एउटामात्रै गीत सार्वजनिक गरेकी हुन् ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.