काठमाडौं, साउन २३ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीन र भारतबीच भुटान–चीन सीमावर्ती क्षेत्र दोक्लाममा बढ्दो तनावप्रति नेपाल सचेत रहेको बताएका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा कार्ययोजना सार्वजनिक गर्दै उनले चीन–भारत विवादमा नेपालले कसैको पक्ष नलिने स्पस्ट पारे ।
दुई छिमेकीबीच झन्डै दुई महिनादेखि जारी तनावमा नेपालले पहिलोपटक मुख खोलेको हो ।
नेपाल सबैसँग मित्रता राख्ने पक्षमा रहेको भन्दै मन्त्री महराले दोक्लाम विवादको शान्तिपूर्ण समाधान होस् भन्ने पक्षमा रहेको बताए ।
सो अवसरमा उनले परराष्ट्र नीति देशको सर्वोपरि हित, स्वाधीन, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने पनि बताए ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.