पोखरीमा डुबेर बालिकाको ज्यान गयो

राजविराज, साउन २५ । सप्तरीको रुपनी गाउँपालिका–५ अन्तर्गत् तेरोहतास्थित पोखरीमा बुधबार डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सोही गाउँपालिका–६ जगमोहनटोल घर भइ तेरोहोता माइती गएकी अमिरिकादेवी चौधरीको तीन वर्षीया छोरी दीपिका चौधरी घरनजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

उनी खेल्दाखेल्दै सो पोखरीमा डबेको प्रहरीले जनाएको छ । गत साउन २३ गते अमिरिकादेवी रक्षाबन्धनका लागि माइती गएकी थिइन् ।

बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.