विदेश गएका युवालाई नेपाल फर्काउने वातावरण मिलाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौं, साउन २५ । शिक्षामन्त्री गोपालमान श्रेष्ठले विदेश गएका युवालाई नेपाल फर्काउन आकर्षक कार्यक्रम नल्याउने हो भने देशको विकास सम्भव नहुने बताएका छन् ।

अष्ट्रेलियन एडुकेसन डेको अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशमा बसेर सीप सिकेका युवा जनशक्तिलाई स्वदेश फर्काउने वातावरण मिलाउनुपर्ने बताए ।

कार्यक्रममा अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई परामर्शसमेत दिइएको थियो ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.