एम के मैथिल धनुषा – अविरल वर्षाका कारण जनकपुर उपनगरपालिका जलमग्न भएको छ ।
लगातार भएको वर्षाका कारण पानीको निकास हुन सकेको छैन । सडकहरु जलाशयमा परिणत भएका छन् ।अञ्चल अस्पताल स्थित रामानन्द चौक जाने बाटोमा आज सर्वसाधारणले जलाशयमा परिणत भएको बाटोमा राफ्ट (डुङ्गा) चलाएका छन् । उनीहरुले एमालेका नेता के.पी ओलीको सपना अब पुरा हुने भनेर ब्यङ्गय पनि हाने । बाटोका खाल्डाखुल्डी ,ढलके उचित निकास नभएको र व्यवस्थापन कार्य पनि एकदमै सुस्त गतिमा भएकोले सर्वसाधारणले सास्ती खेपिरहनु परेको छ ।
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.