दुईपटक पछि परेरको बार्यन म्युनिखले जित्यो उपाधि

साउन २२ – बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई टाइब्रेकरमा ५–४ ले हराउँदै बार्यन म्युनिखले उपाधि उचालेको हो । निर्धारित समयको खेलमा दुईपटक पछि परेर पनि बार्यन म्युनिखले बराबरी गर्न सफल भयो र खेलको निर्णय टाइब्रेकरबाट लिनुपर्‍यो । क्रिष्टियन पुलिसिकको गोलबाट डर्टमुण्डले अग्रता लिएको थियो । तर बार्यन म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए । त्यसपछि पनि घरेलु टोली डर्टमुण्डले अग्रता लियो । डर्टमुण्डका लागि पिएर एमरिकले गोल गर्दै २–१ को अग्रता दिलाए । तर ८८ औं मिनेटमा म्युनिखका जोशुआ किमिचले गोल गर्दै २–२ को बराबरी गरे । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा डर्टमुण्डका मार्क बार्ट्रा गोल गर्नबाट चुकेपछि बुन्डेस लिगाको उपाधि विजेता बार्यन म्युनिखले ५–४ ले जर्मन सुपर कपको उपाधिमा आफ्नो नाम लेखायो । 

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.