एमालेबारे राजपाले लियो ‘बोल्ड’ निर्णय, कांग्रेसलाई पाठ सिकाउने !

काठमाडौं साउन २२ गते । प्रदेश नम्बर दुईमा असोज २ गते हुने तेस्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन भए–नभए पनि चुनावमा जाने भएको छ । साथै कांग्रेसलाई पाठ सिकाउन एमाले र माओवादीसंग चुनावी सहकार्य गर्ने भएको छ ।

राजपाको अध्यक्ष मण्डलले कांग्रेसले धोखा दिएको र काँग्रेसकै योजना अनुरुप आफूहरु अघिल्ला चुुनावमा सहभागी हुन नपाएको ठहर गर्दै संविधान संशोधनका लागि प्रयास गर्ने र अन्तिममा सफल नभएपनि चुनावमा जाने आन्तरिक सहमति गरेको एक नेताले बताए ।

काँग्रेसले यतिका दिनसम्म खाली आश्वासन मात्रै दिएको र प्रचण्डले माग पुरा गराउन प्रयास गरेकोले पनि अब काँग्रेसलाई पाठ सिकाउने राजपा बैठकले रणनीति बनाएको ती नेताले बनाए । उनका अनुसार कांग्रेसलाई पाठ सिकाउन नै राजपाले तेस्रो चरणको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रसंग सहकार्य गर्ने भएको छ ।

एमाले हाम्रो बिरोधी हो भन्दै कांग्रेसले आफ्नो स्वार्थपुर्तिको लागि हामीलाई चुनावबाट जान रोकेको राजपा नेताहरुको ठहर छ । यता एमालेले कांग्रेसबाहेक अन्य दलसँग सहकार्य गर्न तयार रहेको बताइरहेको छ । आज मात्रै एमाले सचिव सचिव प्रदीप ज्ञवालीले राजपा लगायत अन्य दलसँग सहकार्य हुने बताएका थिए ।

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.