उत्तर कोरियाप्रति अमेरिका नरम ! हाम्रो दुस्मन होइन: विदेश मन्त्री

काठमाडौं, साउन १८ । मिसाइल कार्यक्रमका विषयलाई लिएर रस्साकस्सी चलिरहेका बेला अमेरिकाले उत्तर कोरियामा सत्ता परिवर्तन गराउने आफ्नो उद्देश्य नरहेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाप्रति आफ्नो कुनै भेदभाव नरहेको स्पष्ट पारेका छन् ।

उनले उत्तर कोरिया आफ्नो दुस्मन नभएको भन्दै केही विषयमा भने कुराकानी गर्न चाहेको बताएका छन् ।

उत्तर कोरियासँग वार्ता गर्ने चाहना अमेरिकाको रहेको भन्दै विदेश मन्त्री टिलर्सनले उत्तर कोरियाबाट आफूहरुलाई कुनै खतरा नभएको बताए ।

उत्तर कोरियाले हालै अमेरिकासम्म मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेकै बेला अमेरिकाको नरम धारणा सार्वजनिक भएको हो ।

उत्तर कोरियाले पछिल्लो महिनामै दुई वटा मिसाइल परीक्षण गरिसकेको छ । (एजेन्सी)

Share on Google Plus

About सन्तोष सिंह

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.